ढाका पुग्यो यू-१५ महिला फुटबल टिम

काठमाडौं । साफ यू-१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेका छन् ।
नेपाली यू-१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेका हुन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो ।
बंगलादेशमा आयोजना हुने यु-१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ ।
प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
नेपाली टोली -
गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डरः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार







-1762856022963.jpg&w=3840&q=75)





