काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप् ग्वार्डीओलाले प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड लयमा फर्किएको बताएका छन् ।
युनाईटेडले २०१३ पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । युनाईटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिग जितेको थियो ।
तर, मुख्य प्रशिक्षक एरिक टेन ह्यागको आगमनपछि युनाईटेड लयमा फर्किएको ग्वार्डीओलाको भनाई छ ।
‘मलाई युनाइटेड फर्किएको अनुभूति भएको छ,’ ग्वार्डीओलाले भने, ‘अन्तत युनाइटेड फिर्ता आउँदैछ । मैले बिहीबार शेरिफ र चेल्सीविरुद्धको खेल देखेको छु’।
युरोपा लिग अन्तर्गत बिहीबार युनाईटेडले शेरिफलाई ३-० ले हराएको थियो ।
त्यसअघि युनाईटेडले प्रिमियर लिगमा चेल्सीसँग १-१ गोलको बरावरी खेलेको थियो ।