भिनिसियसले गरे सम्झौता नवीकरण
शुक्रबार, कार्तिक ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
ब्राजिलियन विंगर जुनियरले २०२७ सम्मका लागि सम्झौता नवीकरण गरेको एस डटकमले जनाएको छ ।
रियलले भने औपचारिक रुपमा जुनियरसँगको सम्झौताबारे केहि बताएको छैन ।
२२ वर्षीय विंगर २०१८ मा ब्राजिलियन क्लब फ्लामेन्गोबाट रियल आएका थिए ।
जुनियरले रियलका लागि १ सय २८ ला लिगामा ३० गोल गरिसकेका छन् ।
ब्राजिलजका लागि उनले १६ खेलमा १ गोल गरेका छन् ।
भिनिसियसले गरे सम्झौता नवीकरण







-1762856022963.jpg&w=3840&q=75)





