काठमाडौं । इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा छुरा प्रहार हुँदा आर्सनलका डिफेन्डर पाब्लो मारी घाइते भएका छन् ।
एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा मारीसहित अन्य ५ जना घाइते भएको बीबीसीले जनाएको छ ।
सुपरमार्केटको क्यासियरको भने मृत्यु भएको बताईएको छ ।
मारीलाई अस्पताल लगिएको छ । तर, उनको अवस्था गम्भीर भने नभएको बताईएको छ ।
२९ वर्षीय डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् ।