काठमाडौं । युरोपा लिग फुटबलमा इटालियन क्लब रोमाले जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति रोमाले एचजेके हेलसिन्कीलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४१ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा पेर्परिम हेतेमाजले गोल गर्दै एचजेकेलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा एचजेकेका अर्ट्टू होस्कोनेनले आत्मघाती गोल गरेपछि रोमा २-१ ले विजयी भयो ।
यस जितसँगै रोमाले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
समूह ‘सी’ को रोमाले ५ खेलमा ७ अंक जोडेको छ ।
रोमा तेस्रो स्थानमा रहेको छ ।
एचजेके १ अंक जोडेर पुछारमा रहेको छ ।