काठमाडौं । वेस्ट ह्याम युनाईटेड युरोपा कन्फरेन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति सिल्केबोर्गलाई १-० गोल अन्तरले हराउँदै वेस्ट ह्यामले अन्तिम १६ मा स्थान बनाएको हो ।
वेस्ट ह्यामको जितमा म्यानुएल लान्जिनीले निर्णायक गोल गरे ।
उनले खेलको २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
यस जितसँगै समूह ‘बी’ बाट वेस्ट ह्यामले अन्तिम १६ मा स्थान बनाएको हो ।
वेस्ट ह्याम ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सिल्केबोर्ग ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।