काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले हार व्यहोरेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनल पीएसभीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
पीएसभीलाई जित दिलाउन जोइ भिरमान र लुक डी जोङले एक एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा जोइले गोल गर्दै पीएसभीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दै पीएसभीलाई २-० को जित दिलाए ।
यस जितसँगै पीएसभीले ५ खेलमा १० अंक जोडेको छ ।
पीएसभी समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।
आर्सनल १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।