काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
राष्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दा युनाईटेड ३-० ले विजयी भयो ।
युनाईटेडको टोलीमा पुनरागमन गरेका रोनाल्डोको यो करियरको ७ सय १ औं गोल हो ।
यस जितसँगै समूह ‘ई’ मा रहेको युनाईटेडले ५ खेलमा १२ अंक जोडेको छ ।
युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।