काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई जरिवाना लागेको छ ।
इंग्ल्याण्ड फुटबल एसोसिएसनले क्लोपलाई ३० हजार पाउण्ड जरिवाना गरेको हो ।
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीबिरुद्धको खेलमा क्लोपले रातो कार्ड पाएका थिए ।
गत अक्टोबर १६ मा भएको खेलमा लिभरपुलले सिटीलाई १-० ले हराएको थियो ।
मोहमद सलाहलाई फउल गरेपछि क्लोपले सहायक रेफ्रीलाई गाली गरेका थिए ।
लगत्तै उनलाई रातो कार्ड देखाईएको छ ।
पोस्ट म्याच कन्फरेन्समा भने उनले माफी मागेका थिए ।