काठमाडौं । युवा स्टार अंशु फाती बार्सिलोना छाड्न तयार देखिएका छन् । आफुले पर्याप्त खेल्ने समय नपाएको भन्दै फाती बार्सिलोना छाड्न तयार देखिएका हुन् । उनका एजेण्डा जर्ज मेन्डिसले चेतावनी दिदै फातीलाई खेल्नका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन् । उनले फाती आफु खेल्ने समयलाई लिएर क्लबसँग सन्तुष्ट नरहेको बताएका छन् ।
बार्सिलोनाले यसबारे खासै चासो दिएको छैन । फातिको रिलिज क्लजनै ८ सय ६८ मिलियन पाउण्ड रहेको छ । सोही कारण फाति क्लबमै बस्नेमा बार्सिलोना ढुक्क जस्तो देखिन्छ । बार्सिलोनाले यस सिजन खेलेका ११ लिग खेलमा फातिले मात्र दुईमा सुरुवाती टिममा रहेर मैदान उत्रिएका छन् ।
यस सिजन फातिले १६ खेलमा मैदान उत्रदा तीन गोल गरेका छन् भने तीन गोलको अवसर सिर्जना गरेका छन् । अघिल्लो सिजनभन्दा आधा बढि गोलको आँकडा उनले पार गरिसकेका छन् । सन् २०२० मा स्पेनबाट डेब्यु गरेका उनले चार क्याप समेत जितेका छन् । उनी युरोपेली क्लब फुटबलमा युवा स्टारको रुपमा उदाएका छन् ।
यस महिनाको सुरुवातमा रियल मड्रिडसँग ब्यहोरेको हारबाट बाहिर निस्कन बार्सिलोना लागिरहेको छ । यसले पछिल्लो बिहिबारमात्र भिल्लारियलविरुद्ध ३–० को जित निकालेको थियो ।
स्पेनिस जाइन्ट बार्सिलोना च्याम्पियन्स लिगको पछिल्लो खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ । बार्सिलोनाले फातिलाई च्याम्पियन्स लिगमा समेत कमै अवसर प्रदान गरेको छ ।