काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति मक्काबी हाइफालाई ७-२ गोल अन्तरले हराउँदै पीएसजी नकआउट चरणमा पुगेको हो ।
पीएसजीको फराकिलो जितमा लियोनल मेस्सी र केलियन एमबाप्पेले दुई दुई गोल गरे ।
खेलको १९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ३५ औं मिनेटमा नेयमारले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो ।

३८ औं मिनेटमा अब्दुलाए सिकले गोल गर्दै हाइफालाई ३-१ को स्थितिमा ल्याए ।
खेलको ४४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४-१ ले अघि रह्यो ।
५० औं मिनेटमा अब्दुलाएले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफालाई ४-२ को स्थितिमा ल्याए ।
खेलको ६४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-२ को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा सिङ गोल्डबर्गले आत्मघाती गोल गरेपछि पीएसजी ६-२ ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पीएसजीलाई ७-२ को जित दिलाए ।
जितसँगै समूह ‘एच’ को पीएसजीले ५ खेलमा ११ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।
हाइफा ३ अंक जोडेर पुछारमा रहेको छ ।
यस समूहबाट बेन्फिका पनि नकआउट चरणमा पुगेको छ ।
बेन्फिकाले ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।