काठमाडौं । प्रिमियर लिग क्लब ब्राइटनका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
अर्जेन्टिनाका मिडफिल्डर एलिस्टरले २०२५ सम्मको लागि सम्झौता नवीकरण गरेका हुन् ।
ब्राइटनले उनलाई थप एक वर्ष सम्झौता बढाउनका लागि बिकल्प समेत दिएको छ ।
'नयाँ सम्झौताबारे केहि हप्ता अघि छलफल भयो । म खुशी छु, सहमति र सम्झौता भयो,' एलिस्टरले भनेका छन् ।
उनी २०१९ मा ब्राइटन आएका थिए ।
२३ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा अर्जेन्टिनाको टोलीमा अटाउने विश्वास लिएका छन् ।
अर्जेन्टिनाका लागि उनले ७ खेल खेलिसकेका छन् ।
