मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मेस्सीसँग सम्झौता थप्न चाहन्छ, पीएसजी 

मंगलबार, कार्तिक ८, २०७९खेलपाटी संवाददाता
मेस्सीसँग सम्झौता थप्न चाहन्छ, पीएसजी 
Classic Tech Internet Ad

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनल मेस्सीसँग सम्झौता थप गर्न चाहेको छ । पीएसजीका स्पोर्टिङ एडभाइजर लुइस कम्पासले लियोनल मेस्सीसँग सम्झौता थप गर्न चाहेको बताएका छन् । 

सात पटकका वालेन डी ओर खेलाडी सन् २०२१ मा फ्रेन्च क्लबमा आएका थिए । उनले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । उनले प्रति सिजन ३५ मिलियन पाउण्डको सम्झौता गरेका छन् ।

पीएसजीले मेस्सीलाई क्लबमा राख्ने प्रयासलाई अघि बढाएको छ ।

फ्रेन्च मिडियासँग कुरा गर्दै कम्पासले मेस्सीको असाधारण व्यवसायीकताबाट आफु प्रसन्न रहेको बताएका छन् ।

पीएसजीका अध्यक्ष नासिर अल खालिफाले समेत मेस्सीबाट आफु प्रभावित भएको बताएका छन् । उनले मेस्सीसँग हरेक दिन काम गर्न पाउदा खुसी मिल्ने बताए । 

मेस्सी अहिले राम्रो फर्ममा समेत देखिएका छन् । उनले यस सिजन १५ खेलमा ९ गोल गरेका छन् भने १० गोलको अवसर सिर्जना गरेका छन् ।

रिपोर्टहरुका अनुसार मेस्सीलाई क्लबमा राख्न वित्तिय हिसाबले पीएसजीलाई समस्या पर्ने देखिएको छ । पछिल्लो सिजन ३ सय ६ मिलियन नोक्सानका कारण पीएसजीलाई मेस्सी राख्न वित्तिय हिसाबले गाह्रो हुने देखिएको हो ।

रिपोर्टका अनुसार पीएसजी मेस्सीसँग थप एक वर्षको सम्झौता गर्न चाहेको छ । तर क्लबले अहिलेसम्म औपचारिक प्रस्ताव राखेको छैन । मेस्सीलाई अनुबन्ध गर्न युरोपका ठुला क्लबले समेत इच्छा देखाईरहेका छन् । मेस्सीले भने कतार विश्वकप पछि मात्र भविष्यको बारेमा निर्णय लिने बताएका छन् ।

बार्सिलोनासँगको सम्झौता सकिएपछि मेस्सी सन् २०२१ मा निशुल्क रुपमा बजारमा उपलब्ध थिए । उनले क्लबसँग सम्झौता थप्न चाहेका थिए । तर अन्तिममा उनले बार्सिलोना छाड्न पर्यो । बार्सिलोनाको बित्तिय समस्याका कारण मेस्सी स्पेनबाट बाहिरिनु परेको थियो । 

मेस्सीले बार्सिलोना छाडेपछि पीएसजीले उनी सहित नेयमार, एमबाप्पेलाई अग्रपङ्तीमा राखेर टिम निर्माण गरेको छ । 

Bajaj Pulsar Motorcycle Ad
#मेस्सी #पीएसजी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति