काठमाडौं । च्याम्पियनसिप क्लब मिडल्सब्रोले इंग्ल्यान्डका पूर्व मिडफिल्डर माइकल क्यारिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
मिडल्सब्रोले म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर क्यारिकलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४१ वर्षीय क्यारिकको नेतृत्वमा मिडल्सब्रोले शनिबार प्रिस्टनसँग खेल्नेछ ।
क्रिस विल्डर बर्खास्तपछि मिडल्सब्रो मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
मिडल्सब्रो च्याम्पियनसिपको २१ औं स्थानमा रहेको छ ।