बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

चाँडै मैदान फर्कने जिदानको संकेत 

मंगलबार, कार्तिक ८, २०७९खेलपाटी संवाददाता
चाँडै मैदान फर्कने जिदानको संकेत 
Classic Tech Internet Ad

काठमाडौं । फ्रेन्च फुटबल तथा रियल मड्रिडका लिजेन्ड जिनेदिन जिदानले ब्यवस्थापकको रुपमा चाँडै फुटबलमा फर्कने संकेत गरेका छन् । लामो समय फुटबल ब्यवस्थापकको रुपमा विश्राम लिएका जिदानले आफु चाँडै मैदानमा फर्कने तयारी गरिरहेको बताएका छन् ।

जिदानले दोस्रो पटक नेतृत्व सम्हालेको रियल मड्रिडलाई सन् २०२१ मा छाडेका थिए । उनले आफु र क्लब बोर्डबीच सम्पर्क टुटेको उल्लेख गर्दै रियल मड्रिड छाड्ने निर्णय गरेका थिए । 

५० वर्षिय जिदानले ब्यवस्थापकको रुपमा चाँडै फुटबलमा फर्कने तयारी गरेका छन् । सोमबार राति पेरिसमा ग्रेविन संग्रहालयको अनावरण कार्यक्रममा जिदानले आफु चाँडै ब्यवस्थापकको रुपमा फुटबलमा फर्कने योजना बनाएको बताएका हुन् । 

आरएमसी स्पोर्टससँग बोल्दै जिदानले भनेका छन्, 'के मलाई कोचको सुटको याद आउँछ ? म धेरै टाढा छैन । मैले प्रतिक्षा गरिरहेको छु । थोरै बढी प्रतिक्षा गरेको छु ।' 

'एकदमै नजिक, एकदमै नजिक । म प्रशिक्षकको रुपमा टाढा छैन ।' उनले भनेका छन् । 

जिदानले रियल मड्रिडलाई लगातार तीन पटक लगातार च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले सन् २०१५ देखि २०१८ को बीचको यो सफलता प्राप्त गरेका हुन् । स्पेनिस क्लब रियल फुटबल इतिहासमा लगातार तीन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लब हो । 

उनले दुई ला लिगाको उपाधि समेत जितेका थिए । उनले क्लब छाड्नु अघि दुई पटक विश्वको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका थिए । शहरी प्रतिद्धन्दी एट्लेटिकोसँग लिग उपाधि गुमाउन परेपछि जिदानले क्लब छाडेका थिए । 
फ्रान्सेली लिजेन्ड जिदानले मौरिसियो पोचिटिनो बर्खास्तमा परेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) सम्हाल्ने आकलन गरिएको थियो । तर जिदान पीएसजी आउन नमानेपछि क्रिस्टोफर गाल्टियरले सो जिम्मेवारी पाएका छन् । 

खासमा जिदानले फ्रान्सको राष्ट्रिय फुटबल टिमको जिम्मेवारीको प्रतिक्षा गरिरहेका छन् । खेलाडीको रुपमा सफल जिदानले एक पटक प्रशिक्षकको रुपमा सो उपाधि जिताउन चाहन्छन् । तर डिडियर डेसच्याम्पलेनै अर्को महिना कतारमा हुने विश्वकपमा फ्रान्सको नेतृत्व गर्नेछन् ।

जिदानको पछिल्लो प्रतिक्रियाले विश्वकप सकिए लगत्तै उनले फ्रान्सेली टिमको लागि तयार गरिरहेको देखिन्छ ।

जिदानका लागि युरोपका ठुला क्लबमा अहिले स्थान देखिदैन । रियल मड्रिड आफ्ना प्रशिक्षक कार्लोस एन्सेलोटीसँग खुसी छ भने पीएसजीले समेत प्रशिक्षक गाल्टियरलाई सहयोग गरिहेको छ । जिदान जोडिएको म्यानचेस्टर युनाईटेडले डच प्रशिक्षक इरिक टेन हगलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।


 

Bajaj Pulsar Motorcycle Ad
#जिदान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति