काठमाडौं । प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले ७ स्थान फड्को मारेको छ र तालिकाको दशौं स्थानमा उक्लिएको छ ।
कर्ट जुमाको विवादास्पद गोल वेस्ट ह्यामलाई बर्नेमाउथविरुद्ध जित दिलाउन मदत गर्यो ।
पहिलो हाफ अघि जुमाले हेडमार्फत गोल गरेका थिए । तर त्यसअघि डिबक्सभित्र वेस्ट ह्यामका डिफेन्डर थिलो केहररको हातमा बल लागेको थियो ।
भिडियो सहायक रेफ्रीले जाँच गरेर गोललाई अनुमती दिएका थिए । उनले ह्यान्ड बललाई आकस्मिक गतिविधि मानेर गोललाई अनुमती प्रदान गरे ।
दोस्रो हाफको इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टी प्राप्त गर्यो । जसमा सेड बेनरहामले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई २–० को जित सुनिश्चत गरेका थिए ।
वेस्ट ह्याम १२ खेलबाट १४ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । बर्नेमाउथ १३ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।