काठमाडौं । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले जातिय दुर्व्यवहारमा दोषी पाईने प्रशंसकलाई आजिवन प्रतिबन्ध गर्नुपर्ने धारणा राखेका छन् ।
जातिय दुर्व्यवहारको भिनिसियस स्वयम पिडित हुन् । गत सेप्टेम्बरमा एट्लेटिको मड्रिडविरुद्धको खेलमा स्टेडियम बाहिर भिनिसियसविरुद्ध जातिय नारा लगाएको पाईएको थियो ।
'यति तिमीले अर्को मान्छेलाई दुखाउँछौंं भने त्यसको मुल्य तिमीले तिर्नुपर्छ ।' भिनिसियसले भनेका छन् ।
'मलाई यो भन्दा निकै दुख लाग्छ । फुटबलमा जातिय दुर्व्यवहार धेरै मानिसले अहिलेपनि गरिरहेका छन् । मलाई लाग्छ, त्यहाँ अझै नराम्रा मानिस भन्दा राम्रा मान्छेहरु छन् ।' उनले भनेका छन् ।
'सबै जातिय दुर्व्यवहार गर्ने ब्यक्तिले कुनै न कुनै मुल्य चुनाउनुपर्छ । यदी उनीहरुलाई फुटबल हेर्न मन पर्छ भने एट्लेटिको मड्रिडका प्रशंसकले कहिल्यैपनि रंगशालाभित्र पाइला राख्न पाउनु हुन्न ।' उनले थपे ।
'यसले उनीहरुलाई नतिजा भोग्न पर्छ । र उनको कार्यको बारेमा सोच्नुपर्छ ।' भिनिसियसले भने ।
मड्रिड डर्बीमा प्राप्त जितको समय एट्लेटिको र ला लिगाले घटनाको निन्दा गरेका थिए ।
एट्लेटिकोले घटनामा संलग्न मानिसको पहिचान गरेर दोषीमाथि प्रतिबन्ध गरिने बताएको थियो । पेले, नेयमार सहित ब्राजिलका प्रमुख खेलाडीले भिनिसियसको बचाउ गरेका थिए ।
घटना लगत्तै भिनिसियसले भिडियो सन्देशमार्फत घटनाको आलोचना गरेका थिए । मड्रिड क्लबले रिलिज जारी गर्दै घटनाविरुद्ध कानुनी उपचार खोज्ने बताएको थियो ।