काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा एट्लेटिको मड्रिडले ला लिगा फुटबलमा जित निकालेको छ ।
आईतबार राति भएको एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो ।
एट्लेटिकोको जितमा ग्रिजम्यानले दुवै गोल गरेका थिए । उनले खेलको ५४ औं मिनेटमा एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा उनले एट्लेटिकोको लागि दोस्रो गोल थपे ।
जित सहित एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ११ खेलबाट २३ अंक जोडेको छ । रियल बेटिस २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
ला लिगामा रियल मड्रिड ३१ अंक सहित शीर्ष स्थानमा छ भने बार्सिलोना २८ अंक सहित दोस्रो स्थानमा छ ।