लिग लिडर आर्सनलको बराबरी
आइतबार, कार्तिक ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इङ्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले बराबरीमा रोकिएको छ ।
आईतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा अग्रता आर्सनलले ग्रेनाइट जाकाको गोलबाट लिएको थियो । स्टुअर्ट आर्मस्ट्रागले दोस्रो हाफको ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
तालिकाको पुछारमा रहेको टोलीसँग बराबरी खेल्दै लिग लिडर आर्सनलले अंक गुमाएको छ ।
पछिल्लो नतिजाले आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अझै दुई अंकको स्पष्ट अंक दुरी कायम राखेको छ ।
आर्सनलको २८ र सिटीको २६ अंक छ । साउथह्याम्टन १२ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।
#लिग लिडर आर्सनल







-1762856022963.jpg&w=3840&q=75)





