काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई हराएको छ । आईतबार राति न्युक्यासलले घरेलु टोली टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।
यस सिजन उत्कृष्ट सुरुवात गरेको न्युक्यासलले पछिल्लो जित सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
खेलमा अग्रता न्युक्यासलले ३१ औं मिनेटमा क्यालम विल्सनको गोलबाट लिएको थियो । मिगुएल अल्मिरोन दोस्रो गोल गर्दै न्युक्यासललाई पहिलो हाफमै २–० ले अघि बढाएका थिए ।
दोस्रो हाफको ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहम २–१ को स्थितीमा ल्याएका थिए । तर दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २–१ को अवस्थामा समाप्त भएको हो ।
न्युक्यासलले महत्वपुर्ण खेलमा जित निकाल्दै आफुलाई च्याम्पियन्स लिगको छनोट हुने स्थानमा उभ्याएको छ ।
उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।
अन्य खेलमा एस्टन भिल्लो ब्रेन्टफोर्डलाई ४–० ले हरायो । लिड्स घरेलु मैदानमा फुलहमसँग ३–२ ले हार्दा लेस्टरले उल्भ्सलाई उसैको मैदानमा ४–० ले पराजित गर्यो ।