• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो इमान्दार छैनन्
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ६, २०७९ खेलपाटी संवाददाता
रोनाल्डो इमान्दार छैनन्

काठमाडौं । भलै क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडले शनिबार चेल्सीविरुद्ध अंक बचाएको नाटकीय खेलमा नखेलेका होलान, तर अझै पनि मुख्य कुरा उनकै बारेमा हुनेछ ।

यो एक हप्तामा युनाइटेडको जित र बराबरी भन्दा रोनाल्डोले टोटेनह्यामविरुद्धको बुधबारको खेलमा विकल्पको रूपमा मैदान आउन अस्वीकार गर्नु र अन्तिम सिटी बज्नु अघि ओल्ड ट्राफोर्ड छाडेको हेडलाइन हावी भएको छ । 

स्ट्यामफोर्ड ब्रिजमा खेलाडीहरूले कासेमिरोको इन्जुरी समयको बराबरी गोलमा उत्सव मनाउँदै गर्दा, युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले सजायको रूपमा टोलीबाट निकालेका रोनाल्डोको बारेमा भने कसैलाई थाहा थिएन ।

टेन ह्यागले जोड दिदै भने कि उनको टोलीलाई अझै पनि रोनाल्डो आवश्यक छन् । तर प्रश्नहरू त्यहि छन् के युनाइटेडमा उनको कथा अब समाप्त हुदैछ ? या त रोनाल्डोले सामाजिक संजालमा भने जसरी उनि क्लब प्रति बफादार हुनेछन् ?

म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ग्यारी नेभिल यो सिजन रोनाल्डोले कहिले युनाइटेड छाड्छन् भन्ने कुरा मात्रै बाँकी रहेको बताउँछन् ।

'क्रिस्टियानो रोनाल्डो अरू कतै गएर हरेक हप्ता खेल्न चाहन्छन् ।  किनभने उनि बेन्चमा बस्न स्वीकार गर्न सक्दैन,' उनले स्काई स्पोर्ट्समा भने ।

'यो ठीक छ, तर अहिलेलाई शान्तिपूर्वक लफडा समाधान गर्नुहोस्, विश्वकपपछि यसलाई समाप्त गरे राम्रो हुन्छ । यसको अन्त्य हुनुपर्छ।' उनले थपे । 

के रोनाल्डो क्लबप्रति इमान्दार छैनन् ?

स्पर्सविरुद्धको खेलमा रोनाल्डोको क्रियाकलापले धेरै बहस निम्त्याएको छ, त्यसको असर तत्कालको लागि चेल्सीविरुद्धको खेलमा पनि देखिन्थ्यो । जित्नुपर्ने खेललाई बराबरी गर्दा पनि उनीहरु जितझैँ गरि खुसियाली मनाइरहेका थिए । म्यानचेस्टर युनाइटेडका खेलाडीहरू बीचको उत्सवको दृश्यले चेल्सीविरुद्ध क्यासेमिरोले ९४ औं मिनेटमा बराबरी गरेपछि टेन ह्यागले के प्रमाणित गर्न खोजिरहेका छन् भनेर देखाए । लडाई, भावना र एकता । उनलाई रोनाल्डो बिना टोलि झनै सन्तुलित हुन्छ र टोलीमा एकता आउँछ भन्ने विश्वास छ । यो कुरा बुझ्न कठिन छैन । 

पोर्चुगलका खेलाडी ब्रुनोले त भनिदिए, 'रोनाल्डोले पनि अब बुझ्नुपर्छ कि टोलीको जित सबैभन्दा महत्वपुर्ण हो ।'

ब्रुनोको भनाइको तात्पर्य के  हो ? के रोनाल्डो व्यक्तिगत रुपमा स्वार्थी छन् त ? टोलीको जित हारसँग उनलाई कुनै मतलब हुदैन मात्र आफु खेलेर गोल गरे पुग्छ ? 

यहि समरमा पनि उनले सार्वजनिक स्तरमै क्लबमा बस्न नचाहेको इच्छा व्यक्त गरेका थिए । यसमा कुनै गलत छैन । रोनाल्डो जस्ता खेलाडीले युरोपा खेल्दा दर्शकलाई त अनौठो लाग्छ भने उनि त झन् आफै मिस्टर च्याम्पियन्स लिग हुन् ।

रोनाल्डोको एजेन्ट जर्ज मेन्डिसले धेरै ठुला क्लबसँग सम्पर्क गरेपनि ठुला क्लबहरूले रोनाल्डोमा चासो देखाएनन् । चेल्सीका मालिकले रोनाल्डो भित्र्याउन चाहेका थिए तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले मानेनन् । बायर्न, नापोलि, एट्लेटिको जस्ता च्याम्पियन्स लिग खेल्ने क्लबले उनलाई किन्न चाहेनन् । 

एरिक टेन ह्यागले रोनाल्डोलाई चेल्सीको खेलमा बाहिर राखेर आफ्नो अधिकार प्रदर्शन गरे । बिगतमा पनि उनीहरु बिचमा धेरै मतभेद उत्पन्न भएका छन् । तर जसोतसो उनले सहेर बसेका थिए । यसपटक भने टेन ह्याग चुप बसेनन् र रोनाल्डोलाई कारबाही गरे ।

कहिल्यै बालक समर्थकको फोन टुक्रा पार्नु, आवेशमा आएर कप्तानको ब्यान्डलाई लात हान्नु, च्याम्पियन्स लिगमा छनोट नहुँदा क्लब छाड्छु भन्नु, बेन्चमा बस्दा टोलीको जितमा सहभागी नभई खेल्न पनि नमान्नु जस्ता धेरै कुराहरुले युनाइटेड आएदेखि उनको 'गोट' छवि केहि धुमल्लिएको छ ।  

'रोनाल्डोले अर्को सिजन म्यानचेस्टर युनाइटेड बाट खेल्नेमा मलाई शंका छ,' इङ्ग्ल्यान्डका पूर्व गोलकिपर रोब ग्रीनले बीबीसी लाइभमा भने, 'यो एक नराम्रो सम्बन्धविच्छेद हो तर टेन ह्यागले धेरै सहे । उनि पर्खिए । रोनाल्डोले आफैले आफ्नो बाटो भत्काए ।' ग्रिनले जोडे । 

३७ वर्षको उमेरमा रोनाल्डो नियमित खेल्न चाहन्छन् । उनी अझै पनि उच्च स्तरमा प्रतिष्पर्धा गर्न सक्षम छन् र ठूला खेलमा सार्थक योगदान दिन सक्ने महसुस गर्छन् । अर्को तर्फ, एरिक टेन ह्याग एक यस्तो टोली निर्माण गर्ने कोशिस गर्दैछन् जो आधुनिक फुटबलमा हावी हुन सक्छ र आधुनिक शैलीमा मैदानलाई कब्जा गर्न सक्छ । छिमेकी म्यानचेस्टर सिटी जस्तै । 

त्यसैले त्यो 'जिग्स'का दुई भागहरू एकसाथ जान असम्भव छ ।

रोनाल्डोले आफूले चाहेको जस्तो प्रस्ताव आएमा समरमा युनाइटेड छोड्न सक्छन् । युनाइटेडले विश्वकप अघि ६ खेल खेल्न बाँकी छ । रोनाल्डोलाई खेल समय चाहिन्छ । तर महत्वपुर्ण कुरा क्लब र रोनाल्डो दुबैले उनको 'फेयर एक्जिट' मा रणनीति बनाउनुपर्छ ।

- बीबीसीबाट अनुबाद 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP