चेल्सी र युनाइटेडको बराबरी
शनिबार, कार्तिक ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरीमा अंक बाँडेका छन् ।
स्टानफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल भएन । दोश्रो हाफको ८६ औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए ।
थप गरिएको समयको ९४ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
तालिकामा चेल्सी २० अंक सहित चौथो र १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।







-1762856022963.jpg&w=3840&q=75)





