इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका—६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।
पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले कम्तीमा ७५ हजार सुरक्षित गरेको छ ।
निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । दोश्रो सेमिफाइनलमा छिरिङ गुरुङ निर्णायक बन्दा जमुनाले इलामलाई १—० गोल अन्तरले हरायो।
दोश्रो हाफको सुरुवातमा छिरिङले गोल गरेका थिए । खेलमा पछि परेको केही मिनेटमै इलामका हरि सिटौला विवादमा उत्रिएपछि खेल रोकिएको थियो ।
त्यसपछि इलामको टिम खेल मैदान छाडेर हिडेपछि जमुनाले फाइनलमा स्थान बनाएको हो । आइतबार फाइनल खेल हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।