काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा पुछारको क्लब नटिङ्घम फरेस्टसँग लिभरपुल पराजित बनेको छ ।
शुक्रबार घरेलु मैदानमा लिग तालिकाको पुछारको क्लब फरेस्टले लिभरपुललाई १–० गोल अन्तरले पराजित गर्यो ।
लिभरपुलका पूर्व खेलाडी ताइवो अवोनियिकले घरेलु टोलीका लागि विजयी गोल गरे । उनले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । अवोनियिकले सन् २०२१ म लिभरपुल छाडेका थिए ।
लिभरपुल आफ्नो लय भन्दा निकै टाढा देखियो । भार्जिल भान डिज्कले केही राम्रा अवसर खेर फालेका थिए । लिभरपुल यस सिजन अवे जित बिहिन अवस्थामा छ ।
फरेस्टले ठुलो क्लबविरुद्ध जित निकाल्दै पुछारको स्थान छाडेको छ । उसले ९ अंक जोडेर तालिकाको १९ औं स्थानमा उक्लिएको छ ।
लिभरपुल १६ अंक सहित तालिकाको सातौं स्थानमा छ ।