रोनाल्डोको तनाव बढ्दो

काठमाडौं । सिजनको सुरुवात अघिनै सुरु भएको रोनाल्डोको तनाव रोकिने ठाउँ छैन । गत बुधबार म्यानचेस्टर युनाईटेडले प्रिमियर लिगमा महत्वपुर्ण जित हात पार्यो । उसले टोटेनहमलाई २–० ले हरायो । तर युनाईटेडको जित रोनाल्डोका कारण छायाँमा पर्यो । खेल नसकिदै रोनाल्डो ‘टनेल’तिर हिडेका थिए ।
युनाईटेडका प्रशिक्षक इरिक टेन हगका अनुसार रोनाल्डोले टोटेनहमविरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्न अस्विकार गरेका छन् । रोनाल्डोले आफुले गरेको ब्यवहारको मुल्य चुकाउनुपर्नेछ ।
रोनाल्डोले ८९ औं मिनेटमा बेन्चबाट निस्कदै टनेलतिर लागेका थिए । उनी खेलको पुरा समयअघिनै बेन्चबाट निस्कनुलाई प्रशिक्षक टेन हगले अक्षम्य मानेका छन् । उनले चेतावनीको भाषामा भनेका छन्, ‘उनले यसको मुल्य भोग्नुपर्छ ।’
हेगले शनिबार चेल्सीविरुद्धको खेलमा पनि रोनाल्डोलाई बाहिर राखेका छन् । सोही कारण रोनाल्डोले एक्लै अभ्यास गरेका छन् । यसले ओल्डट्राफोर्डमा रोनाल्डोले थप तनाब झेल्नुपर्ने देखिएको छ । प्रि सिजनमा समेत रोनाल्डोले राय भाल्कानोविरुद्धको खेलमा दोस्रो हाफमा निकालेपछि मैदान छाडेर हिडेका थिए ।
‘म म्यानेजर हुँ । यो ब्यवहारको म जिम्मेवार छु । मैलेनै यहाँको मापदण्ड र मुल्य मान्यतालाई स्थापित र नियन्त्रण गर्नुपर्छ । हामी टिममा छौं ।’ टेन हागले भनेका छन् ।
‘राय भाल्कानोपछि मैले यो स्विकार्य छैन भनेको थिए । यो उनका लागि मात्र हैन । दोस्रो पटक पनि यो दोहरिएको छ ।’
‘हामीले उनलाई शनिबार गुमाउनेछौं । उनी टिम बाहिर हुनेछन् । यो टिमको मानसिकता र ब्यवहारका लागि महत्वपुर्ण हुनेछ । अब हामी चेल्सीमा केन्द्रित हुन चाहन्छौं । यो निकै महत्वपुर्ण छ ।’ उनले भनेका छन् ।
रोनाल्डोका लागि यस सिजन यसैपनि सुखद छैन । उनले यस सिजन प्रिमियर लिगका ८ खेलमा मात्र एक गोल गरेका छन् । गत आईतबार घरेलु मैदानमा न्युक्यासलसँग गोल रहित बराबरी भएको खेलमा समेत प्रतिस्थापन हुँदा रोनाल्डो असन्तुष्ट देखिएका थिए ।
शनिबार प्रिमियर लिगमा मात्र एक अंकले अघि रहेको चेल्सीको भ्रमणमा निस्कदै गर्दा युनाईटेड गत हप्ताका सम्पुर्ण नाटकबाट निस्कन चाहन्छ ।
‘यो शीर्ष स्तरको फुटबलको एउटा हिस्सा हो ।’ टेन हागले भनेका छन्, ‘चलेका अफवाह र हल्लाले तपाई बिचलित हुन सक्नुहुन्न । तपाई काममा जोडिरहन पर्छ । र नतिजा निकाल्न आवश्यक छ ।’







-1762856022963.jpg&w=3840&q=75)





