काठमाडौं । लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएको खेलमा लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।
शुक्रबार राति अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३–० को जित निकाल्यो ।
खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
लियोनल मेस्सीले ७८ औं मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए । त्यसको चार मिनेटपछि एमबाप्पेले गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।
जितसँगै पीएसजीले लिग वानमा ३२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको लोरेन्टसँग ६ अंकको अग्रता लिएको छ ।
अजासियो भने ८ अंक सहित पुछारदेखि तेस्रो स्थानमा छ ।