युभेन्ट्सको फराकिलो जित
शुक्रबार, कार्तिक ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको आठौं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा वेस्टन म्याककेनीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ८२ औं मिनेटमा एड्रीन राबिओटले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा राबिओटले गोल गर्दै युभेन्ट्सलाई ४-० को जित दिलाए ।
जितसँगै युभेन्ट्सले ११ खेलमा १९ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा रहेको छ ।
इम्पोली ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
युभेन्ट्सको फराकिलो जित







-1762856022963.jpg&w=3840&q=75)





