काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटिले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लेस्टर लिड्सलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको १६ औं मिनेटमा रोबिन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले सुरुआती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ३५ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई २-० को जित दिलाए ।
जितसँगै लेस्टरले ११ खेलमा ८ अंक जोडेको छ ।
लेस्टर रेलिगेसन क्षेत्रमा रहेको छ ।
लिड्स ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।