एस्टनका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त
शुक्रबार, कार्तिक ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ ।
एस्टनले शुक्रबार जेरार्डलाई बर्खास्त गरेको हो ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति फुलहमसँग ३-० ले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो ।
जेरार्ड ११ महिनामै बर्खास्तमा परेका हुन् ।
उनि २०२१ को नोभेम्बरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
जेरार्डको नेतृत्वमा एस्टनले ४० खेलमा मात्र १३ जित निकाल्यो ।
लिभरपुलका पूर्व कप्तान जेरार्ड रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर एस्टन आएका थिए ।
एस्टन क्लब प्रिमियर लिगको १७ औं स्थानमा छ ।
एस्टनका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त













