काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अन्सु फातीको नाममा एक गोल रह्यो ।
खेलको ३१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे।
त्यसपछि खेलको ३८ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले १० खेलमा २५ अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।
भिल्ला रियल १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।