पहिलो हाफमा ब्रिगेड र सरस्वतीको बराबरी
मंगलबार, मंसिर ११, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले ब्रिगेड ब्वाईज क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र सरस्वतीले १ - १ गोलको बराबरी खेलेका छन् ।
सुरुवाती अग्रता भने सरस्वतीले बनेको थियो । खेलको तेस्रो मिनेटमा बिनोद केसीले दिपेश श्रेष्ठको पास सदुपयोग गर्दै गोल गरेका थिए ।
तर, खेलको सातौं मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका विदेशी खेलाडी अब्दु करिमले कजिम बुशारीको पासमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
आज दुवै टोली दोस्रो जित निकाल्ने दाउमा रहेका छन् । दुवै टोली एकमा जित र दुई खेलमा हार ब्यहोरेका टोली हुन् ।
तीन खेलबाट समान ३ अंक जोडेका सरस्वती युथ र व्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौ र दशौ स्थानमा रहेका छन् ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)