काठमाडौं । चौंथो संस्करणको लाक्पा मेमोरियल दोस्रो वार्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
दक्षिणढोका युनाईटेड युवा क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक १९ देखि २६ गतेसम्म हुनेछ ।
अमर सिंह फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख पाउने छन् ।
दोस्रोले ५० हजार पाउँदा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले १ हजार र ट्रफी पाउने छन् ।
