सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : जुडोमा आर्मीलाई थप ४ र पुलिसलाई ३ स्वर्ण

बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : जुडोमा आर्मीलाई थप ४ र पुलिसलाई ३ स्वर्ण
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोमा बुधबार नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो ।

दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २÷२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्लबले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १  र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् ।

८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् ।

९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले काँस्यमा चित्त बुझाए ।

१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले काँस्य प्राप्त गर्न सफल भएका छन् ।

१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए ।

७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले काँस्य पदक प्राप्त गरेका छन् ।

७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् । 

७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले काँस्यमा चित्त बुझाए ।

मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो ।  नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ ।

हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत  र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ ।  मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २÷२ कास्य जित्दा कर्णाली र एनआरएनएले १÷१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् ।

 

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय : जुडोमा आर्मीलाई थप ४ र पुलिसलाई ३ स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडो टोली बंगलादेश प्रस्थान

जुडो टोली बंगलादेश प्रस्थान

Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

 केटिएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटिएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

क्वार्टरफाइनमा  एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी

क्वार्टरफाइनमा एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा