काठमाडौं । पोर्चुगिज फरवार्ड डिएगो जोटाले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।
काल्फ चोटका कारण जोटाले विश्वकप गुमाउने भएका हुन् ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
लिभरपुलका फरवार्ड जोटाले प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटिबिरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा लिभरपुल १-० ले विजयी भएको थियो ।
लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले जोटाले विश्वकप गुमाउने पुष्टि गरे ।
जोटाले हालै लिभरपुलसंगको सम्झौता नवीकरण गरेका थिए ।
२५ वर्षीय फरवार्ड २०२७ सम्म लिभरपुलमा रहने छन् ।
जोटा २०२० मा उल्भ्सबाट लिभरपुल आएका थिए ।