काठमाडौं । फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्।
ह्यामस्ट्रिङमा चोटका कारण कान्टेले कतार विश्वकप गुमाउने भएका हुन् ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर कान्टेले प्रशिक्षणको दौरान चोट बोकेका थिए ।
फ्रान्सको विश्वकप विजेता ३१ वर्षीय कान्टेले १४ अगस्टमा टोटेनहेमविरुद्धको खेलपछि खेलेका छैनन् ।
कतार विश्वकप आगामी नोभम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।