काठमाडौं । कतारले सन् २०२३ को एएफसी एसियन कप फुटबल आयोजनाको अधिकार पाएको छ ।
कतार एसिया कपको साविक च्याम्पियन समेत हो ।
यससँगै कतारले आठ महिनाको अन्तरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कतारमा आगामी महिनाबाट फिफा विश्वकप समेत आयोजना हुदैछ ।
सन् २०२३ को एसिया कप चीनले आयोजना गर्ने निर्धारण भएकोमा कोभिड-१९ संक्रमणको बढ्दो क्रमसँगै चीनले यस प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको थियो ।
१८ औं संस्करणको एसिया कपमा २४ राष्ट्रले सहभागीता जनाउँदै छन् । एसिया कप जुन १६ देखी १६ जुलाई २०२३ सम्म आयोजना हुनेछ । यससँगै एसिया कपको साविकको विजेता कतारसामु घरेलु मैदानमै सो उपाधि रक्षा लक्ष्यलाई सार्थक पार्ने अवसर समेत जुरेको छ ।
कतारले सन् २०१९ मा युएईमा सम्पन्न एसिया कप २०१९ को उपाधि जितेको थियो ।