नवौं राष्ट्रिय : खेलाडीलाई डेंगु
शनिबार, असोज २९, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ ।
गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालाई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए ।
उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्की स्थित चाउथे घरमा आराम गरिरहेकी छिन् ।
यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ । अव छिट्टै सन्चो भएर पुनःखेलमा फर्किने संक्रमित खतिवडाले बताईन् ।
नवौं राष्ट्रिय : खेलाडीलाई डेंगु









-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




