नवौं राष्ट्रिय : पुरुष फुटबलमा गण्डकीको विजयी सुरुआत
शनिबार, असोज २९, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालामा गण्डकीले प्रदेश-१ लाई २-० ले हराएर सुखद सुरुआत गरेको हो ।
खेलको तेस्रो मिनेटमा जया गुरुङले गोल गर्दै गण्डकीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २७ औं मिनेटमा कमल थापाले गोल गर्दै गण्डकीलाई २-० को जित दिलाए ।
जितसँगै गण्डकीले महत्वपूर्ण ३ अंक जोडेको छ ।
प्रदेश-१ ले २ खेलमा ३ अंक जोडेको छ ।
नवौं राष्ट्रिय : पुरुष फुटबलमा गण्डकीको विजयी सुरुआत







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



