बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पूर्वाधार अभाव : क्रिकेट खेल्न फुटबल मैदानको भर

बुधबार, २६ आश्विन २०७९खेलपाटी संवाददाता
पूर्वाधार अभाव : क्रिकेट खेल्न फुटबल मैदानको भर
Classic Tech Internet Ad

अर्जुन काफ्ले

पथरी, मोरङ । पथरी शनिश्चरे नगरभित्र वर्षेनी क्रिकेटका प्रतियोगिताहरु हुने गरेको छ । तर, क्रिकेटका सबै प्रतियोगिता फुटबल क्लबले संरक्षण गरेको छ । प्रतियोगिता नै फुटबल मैदानमा आयोजना हुन्छ ।

क्रिकेट मैदानको अभाव बाबजुत पथरी शनिश्चरेमा क्रिकेट प्रतिको ´क्रेज` भने लोभलाग्दो छ ।

मैदान अभावका कारण कतिपय प्रतियोगिताहरु रोकिएका छन् । पथरी शनिश्चरेमा क्रिकेट खेलप्रतिको आर्कषण बढ्दो भएपनि मैदान अभावले क्रिकेटले फड्को मार्न नसकेको सरोकारवालाहरु बताउने गरेका छन् ।

पूर्वाधार अभावकै कारण यहाँ आयोजना हुने विभिन्न प्रतियोगिताहरु स्तरीय बन्न नसकेको उनीहरुको गुनासो छ ।

´पूर्वाधार अभाव झेलिरहेको भएपनि प्रतियोगितामा स्थानीय खेलाडी र दर्शकको उपस्थितीले खेलप्रतिको आकर्षण भने उत्साहजनक रहेको छ,' पूर्व स्थानीय जनप्रतिनिधी विरोज मगर भन्छन्, 'फुटबल ग्राउन्ड नै क्रिकेट  प्रतियोगिता गर्ने मैदान भएका छन् । मैदान अभावका बाबजुत खेलाडीले खेलिरहेका छन् ।'

विगत ८ वर्षदेखि पूर्व क्षेत्रकै परिचित विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगिताको आयोजक विरेन्द्रनगर क्रिकेट क्लबका राजेश कुइकेल राम्रो खेल मैदान नभएको कारण सोचे जस्ता खेलाडी र टिमहरु प्रतियोगितामा सहभागी हुन नसकेको बताउछन् ।

कुइकेल भन्छन्,‘पथरीमा भने जस्तो क्रिकेट मैदान नै छैन । टेनिस वलमा प्रतियोगिताको खेल खेलाउनु पर्ने अवस्था छ । राष्ट्रियस्तरमा चर्चित खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउन सकिएको छैनन् ।’

स्थानिय रत्न क्रिकेट क्लबका राकेश राई भन्छन्,‘नयाँ खेलाडी उत्पादन गर्न पनि खेल मैदान चाहिन्छ । तर क्रिकेट मैदान निर्माणमा कतैबाट पहल भएको छैन ।’

उनी पथरीमा खेलाडीलाई अभ्यासको लागि पनि एउटा क्रिकेट रंगाशाला वनाउनु पर्ने आवश्यकता रहेको बताउछन् ।

पथरी शनिश्चरे क्षेत्रमा १ नम्बर प्रदेश स्तरीय २ वटा र पथरी शनिश्चरे प्रिमियर  लिग र  अन्य स्थानीयस्तरको क्रिकेट प्रतियोगिता आयोजना हुदै आएको छ ।

सबै प्रकारका प्रतियोगिता खेल मैदानको अभावमा फुटबल मैदानमा आयोजना हुदै आएको छ ।

जनता माविको मैदानमा हुने विरेन्द्रनगर च्यालेन्ज कपमा राष्ट्रिय टोलीका मेहवुव आलम, सिद्धान्त लोहनी, ललित नारायण राजवंशी लगायतले पनि सहभागिता जनाइसकेका छन्  ।

सो प्रतियोगितामा १ नम्वर प्रदेशबाट खेलिरहेका क्रिकेटरहरुको सहभागिता रहने गरेको छ । जनता माविले मैदान क्षेत्रमै भवन बनाएपछि ३ वर्ष देखि सो प्रतियोगिता हुन सकेको छैन ।

पछिल्लो वर्ष नगरबाट खेलाडी उत्पादन गर्न सुरु गरिएको पथरी शनिश्चरे प्रिमियर लिग पनि फुटबल मैदानमै सन्चालन गर्नु परेको लिग आयोजकका अरुण राई बताउछन् ।

'मैदान पनि व्यवस्थित छैन । पथरी चौक जाते मोडमा रहेको पथरी स्पोटिङ क्लबको स्वमित्वको पथरी रंगाशाला र जिरिखिम्तीको डाँस मोरंगी सामुदायिक बनले संरक्षण  गरेको २ मैदानमा प्रतियोगिता गर्नु पर्ने बाध्यता आयोजकलाई छ ।' राई बताउछन् ।

जिरिखिम्तीको मैदान क्रिकेटका लागि उपयुक्त नभए पनि अन्य मैदानको  बिकल्प आयोजकसँग छैन । पानी पर्ने बितिक्कै मैदान बिग्रीने कारण पनि समस्या थपिएको छ । दिनभर प्रतियोगिता गरे पनि साँझ  फुटबलको प्रशिक्षण तीनै मैदानमा हुदा थप समस्या आएको छ ।

स्थानीय सरकार र यहाँका व्यापारिक संस्थाले क्रिकेट खेललाई महत्व नदिदा खेलको विकास हुन नसकेको पनि सरोकारवालाहरुको गुनासो छ । क्रिकेट प्रतियोगिता गरेर यो क्षेत्रको पहिचान बनाउन गरिएको प्रयासमा उनीहरुको सहयोग कम हुने गरेको सरोकारवालाहरु बताउछन् । स्तरिय क्रिकेट मैदान निर्माण गर्न सके पथरी शनिश्चरेलाई क्रिकेट ‘हव’का रुपमा विकास गर्न सकिन्छ ।

Bajaj Pulsar Motorcycle Ad
#पूर्वाधार #अभाव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

Bajaj Pulsar Motorcycle Ad
 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित