वाल्करले विश्वकप गुमाउन सक्ने
बिहिबार, असोज २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर केली वाल्करले कतार विश्वकप गुमाउने सम्भावना बढेको छ ।
चोटको कारण वाल्करले कतारमा आयोजना हुने विश्वकप गुमाउने सम्भावना बढेको हो ।
३२ वर्षीय म्यानचेस्टर सिटीका डिफेन्डर वाल्करले प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा सिटी ६-३ ले विजयी भएको थियो ।
वाल्करले इंग्ल्यान्डका लागि ७० खेल खेलिसकेका छन् ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ ।
इंग्ल्यान्डले इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
वाल्करले विश्वकप गुमाउन सक्ने







-1762763443397.jpg&w=3840&q=75)





-1762758084543.jpg&w=3840&q=75)