काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत बुधबार राति पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ४१ औं मिनेटमा पीएसजीका डानिलो पेरिएराले आत्मघाती गोल गरेपछि पीएसजी १-१ गोलको बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै पीएसजीले ३ खेलमा ७ अंक जोडेको छ ।
समूह एचको पीएसजी शीर्ष स्थानमा रहेको छ ।
बेन्फिका ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा युभेन्ट्सले मक्काबी हाइफालाई ३-१ ले हराएको छ ।
युभेन्ट्स ३ अंक जोडेर तेस्रो स्थानमा रहदा हाइफा अंक विहीन रहदै पुछारमा रहेको छ ।