चेल्सीले मिलानलाई हरायो
बिहिबार, असोज २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति चेल्सीले एसी मिलानलाई ३-० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा वेस्ले फोफाना, पिएरे एमरिक अबमेयाङ र रिस जेम्सले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा फोफानाले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा अबमेयाङले चेल्सीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।
जितसँगै चेल्सीले ३ खेलमा ४ अंक जोडेको छ ।
समूह ई को चेल्सी समूहको दोस्रो स्थानमा रहेको छ ।
मिलान ४ अंक ओडेर तेस्रो स्थानमा रहेको छ ।
चेल्सीले मिलानलाई हरायो






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)