एट्लेटिको पराजित
बुधबार, १९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोलाई क्लब ब्रुगले २-० गोल अन्तरले हराएको हो ।
क्लब ब्रुगको जितमा कमल सोवह र फेरान जुट्ग्लाले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा कमलले गोल गर्दै ब्रुगलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा फेरानले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
जितसगैं समूह 'बी' को क्लब ब्रुगले ३ खेलमा ९ अंक जोडेको छ ।
ब्रुग समूहको शीर्ष स्थानमा रहेको छ ।
एट्लेटिको ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
एट्लेटिको पराजित










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)