काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न ७ खेलहरु हुँदैछन् ।
प्रिमियर लिगमा शनिबार आर्सनल, चेल्सी, लिभरपुल लगायतका टोलीको खेलहरु हुने छन् ।
प्रिमियर लिगको लिग लिडर आर्सनलले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ ।
आर्सनल र टोटेनहमबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।
आर्सनल टोटेनहमलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ ।
आर्सनलले ७ खेलमा १८ अंक जोडेको छ ।
टोटेनहम आर्सनललाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
तेस्रो स्थानको टोटेनहमको १७ अंक रहेको छ ।
चेल्सीले क्रिस्टल प्यालेससँग खेल्नेछ । यस खेल ७:४५ बजे सुरु हुनेछ ।
चेल्सी १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
लिभरपुलले ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ । लिभरपुल आठौं स्थानमा रहेको छ । टोटेनहम चौंथो स्थानमा रहेको छ ।
यस्तै एभर्टन र साउथह्याम्पटन तथा वेस्ट ह्याम र उल्भ्सबीच खेल हुनेछ ।
फुलहम र न्युकासल तथा बर्नेमाउथ र ब्रेन्टफोर्डबीच प्रतिस्पर्धा हुनेछ ।