काठमाडौं । धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुदैछ ।
धनगढी रंगशालामा हुने फाइनल खेलमा लुम्बिनी र कर्णाली प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएको छ ।
पीएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटीले गर्नेछ । फाइनल खेललाई खेलपाटीको फेसबुक र युटुब च्यानलमा हेर्न सकिनेछ ।