काठमाडौं । मैत्रीपूर्ण खेलमा ब्राजिलले फराकिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले हराएको हो ।
खेलको ११ औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।
१८ औं मिनेटमा मोन्स्टासार ताल्बीले गोल गर्दै ट्युनिसियालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको १९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए ।
२९ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिलको अग्रता ३-१ को बनाए ।
खेलको ४० औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिल ४-१ ले अघि रह्यो ।
४२ औं मिनेटमा ब्रोनले रातो कार्ड पाएपछि ट्युनिसिया १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिललाई ५-१ को जित दिलाए ।