पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा
बुधबार, असोज १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराएर स्पेनले फाइनल्समा स्थान पक्का गरेको हो ।
स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे ।
उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् ।
यस जितसँगै स्पेनले शीर्ष स्थानमा रहदै लिग ए समूह २ बाट फाइनल्समा स्थान बनाएको हो ।
स्पेनले ६ खेलमा ११ अंक जोड्यो ।
पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले चेक रिपब्लिकलाई २-१ ले हराएको छ ।
चेक रिपब्लिक रेलिगेसनमा समेत परेको छ ।
पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



