काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्धको जितको श्रेय खेलाडीलाई जाने बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार मैत्रीपूर्णमा बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको थियो ।
खेलपछि हुमागाईले खेलाडीको मेहेनतले जित सम्भव भएको बताए ।
'नेपाली खेलाडीलाई जितको श्रेय जान्छ । उनीहरुको मेहेनतले जितेका हौँ । तपाईहरुले नेपालमा गरेको स्वागतका लागि धन्यवाद । आजबाट मेरो राष्ट्रिय ड्युटी सकिएको छ,' उनले भने ।
हुमागाईले यस जितले आफ्नो प्रशिक्षक जीवनमा फरक पार्ने बताए ।
'मेरो यात्रा यहिसम्म थियो अहिलेका लागि । भोलि के हुन्छ थाहा छैन । तर यो जितले मेरो जीवनमा पनि केही फरक त पर्छ,' उनले थपे ।