नेपाल भर्सेस बंगलादेश : सम्पूर्ण जानकारी
मंगलबार, असोज ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।
घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
खेल कति बजे ?
नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
टिकट दर ?
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि फरक फरक टिकट दर राखेको छ ।
एन्फाले सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट दर तोकेको हो ।
प्रत्यक्ष प्रशारण ?
नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।
नेपाल भर्सेस बंगलादेश : सम्पूर्ण जानकारी







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



