काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड र जर्मनीले बराबरी खेलेका छन् ।
सोमबार राति भएको खेलमा इंग्ल्यान्ड र जर्मनीले ३-३ गोलको बराबरी खेलेको हो ।
वेम्बलीमा भएको रोमान्चक खेलमा सबै ६ गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५२ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्यान्डका ह्यारी मग्वाएरले मुसिआलालाई पेनाल्टी बक्सभित्र फउल गरेपछि जर्मनीले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ६७ औं मिनेटमा काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-० को अग्रता दिलाए ।
७१ औं मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५७ औं मिनेटमा मासन माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ८३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । जर्मनीका निकोले जुड बेलीङघमलाई पेनाल्टी बक्स भित्र फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको हो ।

त्यसपछि खेलको ८७ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-३ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह ३ को जर्मनीले ६ खेलमा ७ अंक जोड्यो । जर्मनी तेस्रो स्थानमा रह्यो ।
इंग्ल्यान्डले ३ अंक जोड्यो । पुछारमा रहेको इंग्ल्यान्ड रेलिगेसनमा परेको छ ।